दर्शकको साथ बढाउदै ‘एक भागवत र एक गीता’


झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘एक भागवत र एक गीता’ तीजको छेको पारेर शुक्रबारबाट प्रदर्शनमा आएको छ। इनिशियल व्यापार उत्साहप्रद नरहेको चलचित्रले विस्तारै व्यापारको गति लिन थालेको छ । सामाजिक संजालमा चलचित्रका क्लिप्स र ‘वर्ड अफ माउथ’ को प्रभावले चलचित्रले दर्शकको साथ बढाउदै लागेको छ।

तीजको बिदाको समयमा चलचित्रले ६० प्रतिशत माथिको अकुपेन्सी देखिएको छ । बुधबार बिदा भएको कारण पनि चलचित्रको व्यापार राम्रो हुने आंकलन गरिएको छ । सविधान दिवसको अवसर पारेर बुधबार विदा रहको छ। विस्तारै दर्शकको साथ बढेपछि काठमाडौं सहितका मल्टीप्लेक्सहरुले शो संख्यामा समेत वृद्धि गरेका छन् ।

यौनिक-लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित चलचित्रको कथा र निर्माण आफैंमा चुनौतीपूर्ण र संवेदनशील विषय हो । चलचित्रमा विपिन कार्कीले तेस्रो लिङ्गीको भूमिकामा निर्वाह गरेका छन्। सुनिल कुमार थापाको निर्माणमा तयार भएको चलचित्रमा सुहाना थापा, धीरज मगर, जेवीस श्रेष्ठ, जेवीन श्रेष्ठ, कबीर खड्का लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्