‘ह्याप्पी डिभोर्स’ मा रिमा र केकी, विमलेश अधिकारिको निर्देशन


कुनै समय म्युजिक भिडियोमा हिट नाम हो , विमलेश अधिकारी। विमलेश संग जमेको जोडीको रुपमा रहेकी छिन् अभिनेत्री केकी अधिकारी। केहि चलचित्रमा अभिनय समेत गरेका विमलेश अव चलचित्र निर्देशन गर्ने भएका छन्। उनको निर्देशनमा बन्न लागेको चलचित्र ‘ह्याप्पी डिभोर्स’को मंगलबार काठमाडौंका एक कार्यक्रमका गरेर औपचारीक घोषणा गरिएको छ।

चलचित्रको प्रिभ्यू भिडियो (डिभोर्स गीत) सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । चलचित्रमा अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मा प्रस्तुत छन् । विमलेश पनि चलचित्रमा मुख्य भूमिकामा रहेका छन्। अंग्रेजी नयाँ वर्ष २०२४ बाट छायांकन सुरु हुने चलचित्रलाई सोहि बर्षको अन्त्यमा रिलिज सोच रखिएको छ। रोशन घिमिरे निर्माता रहेको चलचित्रमा नवराज उप्रेतीको छायांकन, टेकेन्द्र शाहको सम्पादन र पुकारमणी राईको लेखन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्