‘दिमाग खराब’ को पहिलो गीत ‘बिरामी मुलुक’


कार्तिक २४ गतेबाट रिलिज तयारीमा रहेको ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतको नयाँ चलचित्र ‘दिमाग खाराब’ को पहिलो लिरिकल गीत सार्वजनिक भएको छ। जयन जे वाइवाको शब्द रचना, संगीत तथा स्वर रहेको ‘बिरामी मुलुक’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

करिब ६ बर्ष पछि निर्देशनमा कमब्याक गर्दै गरेका निश्चललाई चलचित्र सफल होस् भन्ने कामना धेरै सामाजिक संजाल प्रयोगकर्ताले गरेका छन् । नागरिकको निराशा भाव बोल्ने गीतले देशको राजनीतिक र आर्थिक अवस्थाले नागरिकको जीवनमा पारेको प्रभावलाई व्यक्त गरेको छ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको चलचित्र राजनीतिक-सामाजिक विषयमा आधारित रहेको छ। चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया लगायतको अभिनय रहेको छ । चलचित्रमा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्