किन अविश्वसनीय बन्दैछन् अनमोल केसी ?


नायक अनमोल केसीले जति चलचित्रमा अभिनय गरेका छन् त्यो भन्दा बढी चलचित्र साइन गर्दै छाडेका छन्। करियरमा उतारचढाव अनुभव गर्दै आएका अनमोल अहिले पनि निर्माताको पहिलो रोजाईका नायकको रुपमा रहेका छन्। लभस्टोरी चलचित्रमा सफलताको स्वाद चाखेका अनमोलले आफू माथी प्रयोग गरेका चलचित्रमा सोचे जस्तो सफलता हासिल गरेका छैनन्। कृ, क्याप्टेन औषत रहे भने छड्के २ बक्स अफिसमा चिप्लियो। सोहि कारण पनि अनमोल चलचित्र अभिनयका लागि समय लिईरहेका छन् ।

उनले २ चलचित्रमा काम गर्ने पक्का पक्की भैसकेको छ। फर्की फर्कीको घोषणा भिडियो नै सार्वजनिक भैसकेको छ भने जेरी २ आगामी बर्ष सुटिङ्गमा जाने तयारीमा रहेको छ । यो विचमा अनमोलले चलचित्र “रावायण” मा काम गर्ने चर्चा चलेको थियो। साइनिङ्ग रकम सहितको छेक पनि अनमोलले बुझेका थिए। केहि चरणको स्क्रिप्ट छलफलको तस्विर समेत सार्वजनिक भएको थियो। सुटिङ्गको अन्तिम तयारीमा निर्माण टीम रहेको छ। केहि दिन अगाडी मात्र निर्देशक सुदर्शन थापाले “रावायण” चाडै आउदै भनेर अनमोल र भुवन केसीसंगको तस्विर शेयर गरेका थिए। तर अनमोलले यो चलचित्र गर्ने वा नगर्ने टुंगो नभएको खबर यतिबेला नगरीमा फैलिएको छ । अनमोलले पनि आफ्नो सामाजिक संजालमा लामो स्टाटस लेख्दै आफुले जानकारी नगराए सम्म कुनै चलचित्रको अन्मित निर्णय बारे विश्वास नगर्न अनुरोध गरेका थिए ।

एक अनलाइन मिडियामा अनमोलले आफुले चलचित्र साइन नगरेको र कफी गफका फोटोहरु सार्वजनिक भएको भनेर प्रतिक्रिया दिए। यता “रावायण” को टिम भने अनमोल संगै चलचित्रमा अन्य कलाकारको अपडेट दिदै गयो। त्यो समयसम्म पनि अनमोलले आफु चलचित्र भए नभएको जनाकारी दिएनन्। आफुलाई रिजर्भ राख्ने अनमोलले वान लाइन स्टोरी मन पराएर नै चलचित्र साइन गर्ने गरेको र स्क्रिप्ट फाइनल हुँदा चित्त नबुझेर छाड्ने गरेको आरोप लाग्दै आएको छ । अव वान लाइन स्टोरी जस्तो चलचित्रको स्क्रिप्ट बनाउन नसक्नु र चलचित्र छाड्नुको दोष अनमोललाई मात्र लगाउन पनि नमिल्ला।

तर दिनहु दर्जनौ स्क्रिप्ट पढ्ने अनमोलले पनि चलचित्र साईन गर्न हतार नगरे राम्रो हुने थियो। जति चलचित्र अनमोलले साईन गर्दै छाड्दै गरेका छन् यसले भने उनीमाथीको विश्वास मेकरबाट घट्दै जानेछ। तर आफुलाई अब्बल प्रमाणित गर्ने जुन प्रण अनमोलले गरेका छन् त्यो भने तारिफ योग्य रहेको छ । आखिर मानिसले गल्ति र कमजोरी स्विकार्दै मिहेनत गर्ने प्रण गर्नु भन्दा ठुलो हिम्मत अरु के नै हुन्छ र ?

प्रतिक्रिया दिनुहोस्