सिमोससंग मिलेर चलचित्र बनाउदै प्रियंका आयुष्मान


अभिनेत्री प्रियंका कार्कीको आमा बनेपछिको कमब्याक निकै लोभलाग्दो रहेको छ। उनले आफुलाई जसरि व्यस्त बनाएकी छिन् त्यो सवैलाई आकर्षक बनाउने खालको रहेको छ। अभिनय संगै चलचित्र निर्माणमा प्रियंका कार्की प्रवेश गरेकी छिन्। सिरिज निर्माण गरिसकेकी प्रियंका र आयुष्मान देशराज जोडीको आयाङ्का फिल्म्स र जुन तारा फिम्ल्सको निर्माणमा एक चलचित्र निर्माण हुने भएको छ ।

टाइटल अनाउन्स नगरिएको चलचित्र एक्सन / थ्रिल जनरामा निर्माणमा हुनेछ। नेपाली नयाँ बर्ष लाई रिलिज टार्गेट रखिएको चलचित्रको टाइटल घोषणा समारोहमा गर्ने तयारी गरिएको छ । सिमोस सुनुवारको निर्देशनमा बन्ने चलचित्रमा शान बस्नेतको कथा रहनेछ। चलचित्रलाइ आयुष्मान देशराज जोशीले खिच्नेछन्।

प्रतिक्रिया दिनुहोस्