दशैँमा ‘परदेशी २’ र ‘पशुपति प्रसाद २: भष्मे डन’ लाई दर्शकको साथ, व्यापारिक आंकडा अब्बल


यो बर्षको दशैँ पनि नेपाली चलचित्र क्षेत्रका लागी फलदायी देखिएको छ । हरेक बर्ष दशैँ नेपाली चलचित्र निर्माताका लागी हर्षको बर्ष बन्दै आएको छ। यो बर्षको दशैँको अवसर पारेर फरक हप्तामा दुई नेपाली चलचित्र रिलिज भए। घटस्थापानाको दुई दिन अगाडी असोज २६ गतेबाट चलचित्र ‘परदेशी २’ रिलिज भयो। नारायण रायामाझीको निर्देशनमा तयार भएको चलचित्र ७ बर्ष अगाडी रिलिज चलचित्रको नाम सिक्वेल हो।

९० को दशकको स्टाइलको कथा वाचन गरेका रायमाझीको परदेशी २ ले दर्शकको कस्तो साथ पाउने हो धेरैको चासोको बिषय बनेको थियो। गायक प्रकास सपुतको डेव्यु चलचित्रको हिसाबले अर्को महत्वपूर्ण पाटोको रुपमा रहेको थियो। सुरुवाती २-३ दिनको व्यापारिक र समीक्षात्मक आँकडा त्यति राम्रो थिएन। तर दशैँ संगै यो चलचित्रको व्यापार उछालमा आयो र दशैँ सकिदासम्म पनि यो चलचित्रको व्यापार आकर्षक रहेको छ। केकी अधिकारी र बर्षा शिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्रको दर्शक प्रतिक्रिया गज्जब देखिएको छ। दर्शक चलचित्र हेरेर रुदै हलमा बहिरिएका दृश्य सामाजिक संजालमा भाइरल रहेका छन्। नारायण रायमाझीको कमव्याक र प्रकाश सपुतको डेव्यु चलचित्र सुपरहिट लिष्टमा चढेको छ।

फूलपातीको अवसर पारेर कार्तिक ४ गतेबाट बर्षकै प्रतिक्षित चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ रिलिज भयो। राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नै चलचित्रको अग्रिम टिकट बुकिङ्ग आक्रामक रहेको थियो। दिपेन्द्र के खनाल निर्देशित चलचित्रको व्यापारिक आँकडा पनि आक्रामक रह्यो।

२ करोड ४० लाख बराबरको ओपनिङ्ग व्यापार चलचित्रले गर्न सफल भएको थियो। समीक्षात्मक हिसाबले चलचित्र मिश्रित बन्यो भने दर्शक प्रतिक्रिया पनि मिश्रित रहेको छ। विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको चलचित्र बर्षको सुपरहिट चलचित्र बन्न सफल भयो। हलमा अहिले पनि चलचित्र राम्रो शोसहित चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्