‘महाजात्रा’ सुटिङ्ग सुरु, चैत्रमा रिलिज


प्रदिप भट्टराईले डेव्यु निर्देशन सफलता हासिल गरेको चलचित्र ‘जात्रा’ को तेश्रो सिक्वेल ‘महाजात्रा’ को सुभमुहर्त भएको छ। बुधबार बिहान काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरी मन्दिरमा क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गर्दै चलचित्रको औपचारिक सुटिङ्ग सुरुवात भएको हो। बुढानीलकण्ठमा निर्माण गरिएको सेटबाट चलचित्रको सुटिङ्ग सुरुवात भएको हो। चलचित्रको मुहर्तमा चलचित्र प्राविधिक देखि कलाकार सम्मको उपस्थिति रहेको थियो।

जात्रा र जात्रै जात्रामा विपिन कार्की मुख्य भूमिकामा रहेका थिए। यो चलचित्रमा जात्राको टीम सहित हरिवंश आचार्य जोडिएका छन्। हरिवंश र विपिनको साथमा चलचित्रमा बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ मुख्य भूमिकामा रहेका छन्। अघिल्ला दुई सिरिजको टिमसंगै चलचित्रमा शिशिर बाङ्देल, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव पन्त, सुमन कार्की, गौमाया गुरुङ लगायत जोडिएका छन्। ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ भन्ने ट्यागलाइन राखिएको चलचित्रको सुटिङ्ग सेड्युल ४५ दिनको राखिएको छ । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माताको रुपमा रहेका छन्। षट्कोण आर्ट्सको ब्यानरमा व्यानरमा निर्माण हुने चलचित्र डिजिटल र अन्तराष्ट्रिय राइट्स महँगो मुल्यमा विक्री भैसकेको छ। चलचित्र चैत्र ९ गतेबाट रिलिज हुने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्