रेखाको उपहार गीतमा बोल्ड पूजा र बेनिशा


अभिनेत्री रेखा थापा आफ्ना दर्शक माझ करिव ४ बर्ष पछि नयाँ चलचित्र लिएर आउदैछिन्। फागुन २५ गतेलाई रिलिज मिति तय गर्दै चलचित्र ‘उपहार’ को पहिलो गीत सार्वजनिक भएको छ। वाह वाह वाह बोलको गीतमा बाबुल गिरि र एलिना चौहानको आवाज रहेको छ। शंकर अधिकारी घायलको शब्द रहेको गीतमा बाबुलको नै संगीत रहेको छ।

कविराज गहतराजले तयार पारेको गीतको भिडियोमा गर्भवती रेखा थापाले आफ्नो एक्सप्रेसन अब्बल दिएकी छिन्। ५ महिने गर्भाअवस्थामा खिचिएको गीतमा रेखाले आफुलाई अव्वल देखाएकी छिन्। भिडियोमा चलचित्रका दुई नायिका पूजा शर्मा र बेनिशा हमालको बोल्ड अवतार देख्न सकिन्छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुषाल, तेज गिरि र समपर्ण जंग कार्की मुख्य भूमिकामा रहेका छन्। रेखा फिल्म्स र कपनगढी फिल्म्सको संयुक्त व्यानरमा चलचित्र निर्माण भएको हो।

प्रतिक्रिया दिनुहोस्