भुकम्प पिडितलाई ‘परदेशी २’ टीमको ५१ हजार रकम सहयोग


नेपाली चलचित्र ‘परदेशी २’ भुकम्प पिडितलिई ५१ हजार सहयोग गरेको छ। चलचित्रका निर्माता तथा निर्देशक नारायण रायमाझीले प्रधानमन्त्री राहात कोषमा उक्त रकम जम्मा हुने जानकारी दिएका छन्। रुकुम र जाजरकोटमा भुकम्पका कारण भौतिक र मानवीय क्षति भएको छ।


नारायणले यसको जानकारी आफ्नो सामाजिक संजाल मार्फत गराएका छन्। उनि लेख्छन्,’ गत शुक्रवार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेकोमा हामी अत्यन्त मर्माहत भएका छौं । भूकम्पबाट ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगतहरुका परिवारजन एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । साथै, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
यस दुखद् परिस्थितिमा हरेक नेपालीले आ–आफ्नो स्थानबाट सहयोग गरिरहनुभएको छ । हामीले हाम्रो चलचित्र ‘परदेशी २’को तर्फबाट पनि भूकम्प प्रभावितका लागि सानो सहयोगस्वरुप ५१ हजार रुपैयाँ भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेका छौं । हाम्रो चलचित्रलाई दिनुभएको मायाका लागि फेरि पनि सम्पूर्ण दर्शकहरुलाई धेरै–धेरै धन्यवाद व्यक्त गर्दछौं ।’
नारायण रायमाझी ( निर्माता निर्देशक)-राजेश वंशल ( निर्माता)
एवं
‘परदेशी २’ परिवार

प्रकास सपुत, केकी अधिकारी, बर्षा शिवाकोटी, प्रसान्त तामाङ्ग, दिलिप रायमाझी लगायतका कलाकारले अभिनय गरेको चलचित्रको घरेलु व्यापारको आंकडा राम्रो रहेको छ।

प्रतिक्रिया दिनुहोस्