A vertical shot of the black cat in the dark darkness

कस्तो छ ‘कालो चश्मा लाऊ है मैयाँ विशाल बजारको’ रिमेक भर्सन?


बरिष्ठ निर्देशक दिपक श्रेष्ठको नयाँ चलचित्र ‘पर्खि बसे तिमीलाई’ को पहिलो गीत सार्वजनिक भएको छ। २० बर्ष अगाडीको सुपरहिट चलचित्र ‘बादलपारी’ को गीत ‘कालो चश्मा लाऊ है मैयाँ विशाल बजारको’ को रिमेक भर्सन शुक्रबार सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा सुरेन्द्र राणाको शब्द र शम्भुजित बाँस्कोटाको संगीत छ । प्रमोद खरेल र मिलन नेवारले रिमेक भर्सनमा स्वर दिएका छन्।

विशुद्ध प्रेमकथामा चलचित्र निर्माण भएको कारण पहिलो गीत सोहि अनुसारको सार्वजनिक गरिएको निर्देशक श्रेष्ठले बताए। चलचित्रबाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यू गर्दैछन् । किरण र रक्षा नै फिचर रहेको भिडियोमा निशा रसाइलीको कोरियोग्राफी रहेको छ।

राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह-निर्माण रहेको चलचित्रमा शिव श्रेष्ठ, अनिशा रसाइली, विल्सन विक्रम राई, मनिष श्रेष्ठ आदिको पनि अभिनय रहेको छ।

आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा रोमन फिल्मस् र तपश्री प्रोडक्सन (सिक्किम)को निर्माण रहेको छ। चलचित्रलाई नेपाल र सिक्किममा खिचिएको छ।

प्रतिक्रिया दिनुहोस्