‘दिमाग खराब’ लाई दर्शकको उत्कृष्ट रेस्पोन्स, शनिबार हलमा निश्चल-स्वस्तिमा सहित टिम (भिडियो)


शुक्रबार बाट रिलिज भएको चलचित्र ‘दिमाग खराब’ लाई सुरुवाती दिनमा दर्शकले साथ दिएका छन्। निर्देशक निश्चल बस्नेतको कमब्याक निर्देशनमा तयार भएको चलचित्रले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाईरहेको छ।

राजनीतिले आम मानिसमा पारेको प्रबहाव र वैकल्पिक र स्वतन्त्र राजनीतिको बिषयलाई सम्बोधन गरेको चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको थियो। स्टार कलाकारको अभिनय र चलचित्रको कथाबस्तुले दर्शकको मन जितिरहेको छ।

खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सुमन कार्की, स्वस्तिमा खड्का शनिबार दर्शकको प्रतिक्रिया बुझ्न हलमा पुगिरहेका छन्। दर्शकले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रियासग्नै निर्माण टिम झन् उत्साहित बनेको छ। दयाहाङ राई, विजय बराल, अर्पण थापा लगायतको अभिनय चलचित्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्