‘हाम्रो लडाइँ ‘टाइगर’सँग होइन, उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग हो’-स्वस्तिमा खड्का


निर्देशक निश्चल बस्नेतको कमव्याक निर्देशकीय चलचित्र ‘दिमाग खराब’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। दर्शकको राम्रो प्रतिक्रिया समेत बटुलीरहेको चलचित्रले अचानक शुक्रबारबाट प्रदर्शन रोक्ने निर्णय गरेको छ। प्रदर्शकबाट अन्यायपूर्ण व्यवहार गरेको भन्दै निर्माण टिमले चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको हो।  निर्माणटिमले चलचित्र प्रदर्शन निरन्तरताको लागी दुई सर्त अगाडी सारेको छ। विदेशी चलचित्र बराबरको शो दिनुपर्ने र शेयर बाडफाड ५०-५० प्रतिशत हुनुपर्ने माग निर्माण टिमले राखेको छ।

अहिलेको परिस्थितिमा पहिलो र दोश्रो हप्ता ५० प्रतिशत र बाँकी ३५-६५ प्रतिशतको हिस्सा रहेको छ। यहि अन्यायपूर्ण व्यवहारको कारण दुई सर्त अगाडी सार्दै निर्माण टिमले प्रदर्शन रोक्ने निर्णय गरेको बताएको छ। बिशेषगरि पछिल्लो समय दिमाग खराबको दुई दिन पछी रिलिज भएको बलिउडको चलचित्र ‘टाइगर ३’ लाई प्रदर्शकले बढी शोज दिएकोमा निर्माण टिमले आपत्ती जनाईरहेको छ। बलिउड चलचित्र भन्दा नेपाली चलचित्रको बुकिङ्ग र दर्शकको साथ बढी हुँदा पनि दिमाग खराबको शो कटौती गरेर प्रदर्शकले बलिउड चलचित्रलाई बढी शो दिएको आरोप निर्माण टिमको रहेको छ।

यहि बिचमा अभिनेत्री स्वस्तिमा खड्काले सामजिक संजालमा चलचित्रको बुकिङ्गको स्क्रिनसट सहित एक स्टाटस पोष्ट गरेकी छन् ।
स्वस्तिमा लेख्छिन्, ‘भक्तपुरस्थित QFX मा आज ‘दिमाग खराब’ र ‘टाइगर ३’को बुकिङ अवस्था यस्तो छ । ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबर्जस्ती शो संख्या बढाइएको छ । बुकिङ रात्तै हुँदा पनि ‘दिमाग खराब’लाई शो नदिएर हेपिएको छ । यो दादागिरी हो ।
हाम्रो लडाइँ ‘टाइगर’सँग होइन, उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग हो ।’

प्रतिक्रिया दिनुहोस्