‘दिमाग खराब’ को व्यापार उछाल कायमै, पहिलो साता ४ करोड माथीको ग्रस


कमव्याक निर्देशन गर्दै गरेका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ ले दर्शकको राम्रो साथ पाएको छ। सुरुवाती दिनमा औषत व्यापार गरेको चलचित्रको वर्ड अफ माउथ बलियो बनेपछि पहिलो साता ४ करोड बराबरको ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन्।

तिहार र छठको विदाको फाइदा उठाएको चलचित्रले लामो समयसम्म व्यापार गर्ने आंकलन गरिएको छ। राजनीतिले युवा वर्गमा पारेको प्रभाव र यसको पेरिफेरीमा घुमेको चलचित्रको कथावस्तु र कलाकारको अभिनय दर्शकले रुचाएका छन्। खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, बिजय बराल, सुमन कार्की, रमा थपलिया लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ। रिलिजको पहिलो साता काठमान्डौमा दर्शक भेट्न पुगेका निश्चल-स्वस्तिमा यतिबेला मोफसल यात्रामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्