अनमोल र जसिताको ‘फर्की फर्की’ शुभमुहर्त, जेठमा रिलिज तयारी


अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ्गले पहिलोपटक स्क्रिन शेयर गरेको चलचित्र ‘फर्की फर्की’ को मङ्सिर ११ गतेबाट सुटिङ्ग सुरुवात हुने भएको छ। ललितपुरस्थित बंगलामुखी मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै चलचित्रको बारेमा प्रेसलाई जानकारी दिईएको थियो।

सुयोग गुरुङ्गको निर्देशनमा तयार हुने चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्दैछन्। रोहितसंग ओएसआर डिजिटल (ओम अग्रवाल) ले निर्माणमा सहकार्य गरेको छ। पोखराबाट सुरुवात भएको चलचित्रको सुटिङ्ग अन्नपूर्ण बेसक्याम्प, काठमाडौं, मुस्ताङ र इन्डोनेसियाको बालीमा गरिनेछ। रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ लगायतको अभिनय चलचित्रमा देख्न सकिनेछ । अनीरुद्र गिरी कार्यकारी निर्माता, मनोज वली र रामु न्यौपाने सह-निर्माता रहने चलचित्र आगामी बर्षको जेठ ११ गते रिलिज हुनेछ। अनमोल र जसिता दुवै चलचित्रलाई लिएर उत्साहित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्