A vertical shot of the black cat in the dark darkness

कस्तो छ मलिका महतको ‘सतीदेवी’ लुक्स ?


रंगपत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा तयार भएको चलचित्र ‘सतीदेवी’ को पोष्टर सार्वजनिक भएको छ। चलचित्रको फर्स्टलुक पोस्टरमा अभिनेत्री मलिका महतलाई फिचर गरिएको छ। सार्वजनिक पोस्टरमा जुत्ताको माला र कालो मोसो देलेकी मलिकालाई गाउँलेहरुले लखेटिरहेको दृश्य समावेश गरिएको छ। मलिकाले गरेका पत्रमा यो फरक किसिमको देखिएको छ। सतीदेवी अर्थात मलिकाको वरिपरि चलचित्रको कथा घुमेको बुझ्न सकिन्छ।

निर्देशक सुवेदीको निर्माण, लेखन र गीत रचना रहेको चलचित्रलाई श्रीदेवी सुवेदीले निर्माण गरेकी छिन्। हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी लगायतको अभिनय चलचित्रमा रहेको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियशनले संयुक्त रुपमा निर्माण गरेको चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्