A vertical shot of the black cat in the dark darkness

आठ बर्षपछी दया र मैयाँको सहकार्य, ‘रिमै’ मा साथ देखिदै


दयाहाङ राई र रिश्मा गुरुङ्गको जोडीलाई दर्शकले ‘कबड्डी’ चलचित्रमा धेरै रुचाए । मैयाँ चरित्रले चर्चित रिश्मा र दयाले पछिल्लो पटक कबड्डी कबड्डी चलचित्रमा सहकार्य गरेका थिए। यहि चर्चित अन स्क्रिन कपाल अव आठ बर्षपछी चलचित्रमा साथ देखिने भएका छन्।

सोसल-रोमान्टिक चलचित्र ‘रिमै’ मा दया र रिश्माले अन्स्क्रिन रोमान्स गर्ने पक्का भएको हो। खिलबहादुर गुरुङ्गले निर्देशन गर्ने चलचित्रलाई गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालिको ब्यनारमा निर्माण गरिदैछ। मन्त्र फेम्ड निर्देशकको चलचित्रमा जारी निर्देशक उपेन्द्र सुब्बाको पटकथा रहेको छ। गुरुङ्ग समुदायको सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको छायाँकन चैत्र महिनाबाट उत्तरी गोरखामा हुन्छ। चलचित्रको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ्ग(युके), जित यात्री गुरुङ्ग (नर्वे) तथा सचि कुमारी घले रहेका छन् । दुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा चलचित्रको सह-निर्माताका रुपमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्