दिनेशको ‘पुजार सार्की’ मा आर्यन र प्रदिप


निर्देशक दिनेश राउतले निर्देशन गर्ने नयाँ चलचित्र ‘पुजार सार्की’ मा आर्यन सिग्देल र प्रदिप खड्का मुख्य भूमिकामा देखिने पक्का भएको छ । हिट चलचित्रमा सहकार्य गरेका आर्यन र दिनेशले केहि बर्षको अन्तरालमा संगै काम गर्ने भएका हुन् ।

लभस्टोरी चलचित्रमा आफुलाई अब्बल सावित गरेका आर्यन र पछिल्लो पुस्ताका सफल अभिनेता प्रदिप बीच पहिलोपटक सहकार्य हुन् लागेको हो । प्रदिप र आर्यनको चलचित्रमा एकसाथ सहकार्यले दर्शकमा कौतुहलता पक्कै थप्नेछ । सुभाष भुषालले निर्माण गरेको चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । चलचित्रको सुटिङ्ग माघ महिनाबाट हुनेछ।

प्रतिक्रिया दिनुहोस्