‘ऐरी’ र ‘पुजार सार्की’ पछी ‘एक्टर’ मा जोडिए प्रदिप खड्का


अभिनेता प्रदिप खड्का केहि समय चलचित्र क्षेत्रमा निस्क्रिय जस्तै देखिए। ‘प्रेमगीत ३’ को रिलिज पछि उनको चलचित्रमा अनुबन्ध र मेकिङ्गको खबर बाहिरीए। कामिनो चलचित्रका लागि वर्कसप देखि लोकेशन हेर्ने काम सम्म भयो। एक्स ९ चलचित्रमा उनको चर्चा भयो। तर दुवै चलचित्र निर्माणको अन्यौलता कायम रहदा प्रदीपका फ्यान उनको नयाँ कामको पर्खाइमा रहेका थिए।

केहि समयको आराम पछि प्रदिपले तीनवटा नयाँ चलचित्र साइन गरेका छन्। हिन्दी डेव्यु चलचित्र ‘ऐरी’ पछि उनले दिनेश राउतको ‘पुजार सार्की’ साइन गरेका थिए। दुवै चलचित्र दर्शकका लागी प्रतिक्षित बन्ने पक्का छन्। यो बिचमा प्रदिपले नयाँ चलचित्र साइन गरेका छन्।

अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुने चलचित्र ‘एक्टर’ मा प्रदिप मुख्य अभिनेताको रुपमा रहेका छन्। थमन कुमार भण्डारीले निर्माण गर्ने चलचित्रलाई राजन भुसालले निर्देशन गर्नेछन्। चलचित्रको बारेमा अन्य केहि जानकारी गराईएको छैन। सार्वजनिक पोष्टरले केहि भिन्न कथाको वाचन चलचित्रले गर्ने संकेत गरिएको छ। चलचित्रलाई सन् २०२५ मा रिलिज गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्