‘अवतार’ मा पल, बर्षा र सलोन


निर्देशक एभरेष्ट सुर्य बोहोराले नयाँ चलचित्र ‘अवतार’ निर्माण हुने भएको छ । चलचित्रमा अभिनेता पल शाह, अभिनेत्री बर्षा राउत र अभिनेता सलोन बस्नेत मुख्य भूमिकामा रहनेछन् । बिक्रम डी जोशी र हिराल जोशीको निर्माण रहने चलचित्रमा बिक्रमको साथमा सुशील सिटौलाको अभिनय रहनेछ ।

अभिनेता पल शाह एकपछी अर्को चलचित्रमा काम गरिरहेका छन् । उनले भर्खरै मायावीको सुटिङ्ग सम्पन्न गरे भने पुजार सार्कीमा उनि अनुबन्ध भैसकेका छन् । बर्षा महाजात्रामा व्यस्त रहेकी छिन् । सलोनको पछिल्लो रिलिज चलचित्र ‘जय हो’ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्