A vertical shot of the black cat in the dark darkness

श्रीमानसंग रेखाको प्रेग्नेन्सी फोटोसुट


अभिनेत्री रेखा थापा पहिलो सन्तानलाई जन्म दिने तयारीमा रहेकी छिन् । माघ महिनामा उनले पहिलो सन्तानलाई जन्म दिने डाक्टरले डेट दिएका छन्।

बलराम शाही ठकुरीसंग प्रेमविवाह गरेकी रेखा यतिबेला अमेरिकामा रहेकी छिन्। सन्तानलाई रेखाले उतै जन्म दिनेछिन्। सन्तानको जन्मसंगै केहि समय उनी अमेरिकामा नै बस्ने तयारी गरिरहेकी छिन्। उनको चलचित्र उपहार फागुनमा रिलिज तयारीमा रहेको छ।

रेखाले यसको लागी प्रमोसनल अन्तर्वार्ता केहि मिडियामा दिएर गएकी छिन्। आफ्नो छुट्टी र पहिलो सन्तानलाई अमेरिकामा जन्म दिएर रेखा नेपाल फर्कने छिन्। अमेरिका जानु अगाडी रेखाले नेपालमा प्रेग्नेन्सी फोटोसुट गराएकी थिइन्। श्रीमान ठकुरीसंग उनको प्रेग्नेन्सीसुट सुरज धामीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्