किन चर्चामा छ अनमोल र दीपक मनाङेको भेट?


अभिनेता अनमोल केसी यतिबेला चलचित्र ‘फर्की फर्की’ को सुटिङ्गमा व्यस्त रहेका छन् । पोखरामा सुटिङ्ग भैरहेको चलचित्रमा अनमोलको जोडी जसिता गुरुङ्ग रहेकी छिन्।


चलचित्रको सुटिङ्गमा व्यस्त रहेका अनमोल र गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को भेट यतिबेला चर्चामा रहेको छ। मन्त्री गुरुङ्गले अनमोललाई सुटिङ्ग सेटमा नै गएर भेटेका थिए। चलचित्र निर्माता समेत रहेका दीपक नयाँ चलचित्रको निर्माण तयारीमा रहेका छन्।

https://www.youtube.com/watch?v=CgV7Iq36078

सोहि कारण पनि अनमोल र उनको भेटलाई चासोका साथमा हेरिएको छ। ‘कंगारु’ निर्माणको तयारीमा रहेका गुरुङ्ग मुख्य अभिनेताको खोजीमा रहेका छन्। तर अनमोल र गुरुङ्ग बीच यो चलचित्रको सहकार्यको बिषयमा भने कुरा नभएको बुझिएको छ। तर चलचित्र र अन्य बिषयमा कुरा भएको बताइएको छ। राजिव र अनमोलको भेट चलचित्र प्रोडक्सन हेत शंकर पाण्डेले मिलाएका हुन्। अनमोल र राजिव बीच भविष्यमा सहकार्यको ढोका भने खुलेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्