प्रदीपले बदलेको शैली: बिग्रिएको सम्बन्ध सुधार्दै नयाँ यात्रा तय गर्दै


अभिनेता प्रदिप खड्का नेपाली दर्शक र चलचित्र मेकरका लागी रोजाईको नाम हो। तर प्रदिप जो संग काम गर्छन्, ती चलचित्रका मेकरसंग सम्बन्ध खासै राम्रो बनाएका हुदैनन्। अपवादका रुपमा दिनेश राउत र सन्तोष शेन रहेका छन्। चलचित्रको रिलिजसम्म सोहि चलचित्रका मेकरसंग उनको सम्बन्ध चिसिएको नै हुन्छ। सुदर्शन थापा, मिलन चाम्स यसको उदाहरण हुन्।


यहि कारण प्रदिप जति चलचित्रमा देखिनु पर्ने हो त्यतिमा नपुगेको चर्चा बेला बखतमा हुने गर्दछ। तर पछिल्लो समय भने प्रदिपले आफ्नो पुरानो मनस्थिति परिवर्तन गरेको बुझिन्छ। उनले एकपछि अर्को चलचित्रसंग सम्झौता गरिरहेका छन् । उनको पाइपलाइनमा दर्जन चलचित्र रहेको बुझिन्छ । एकपछि अर्को चलचित्र साइन गरेका प्रदिप आफ्ना पुराना मेकरसंग काम गर्ने तयारीमा समेत रहेको बुझिएको छ। प्रेमगीत निर्देशक सुदर्शन थापासंग उनी चलचित्र गर्न तयार भएको बुझिएको छ। सुदर्शनको दुई प्रोजेक्ट मध्ये कुन काम गर्छन त्यो भने पक्का भएको छैन ।

त्यस्तै निर्देशक मिलन चाम्ससंग पनि उनले चलचित्र ‘लिलिबिली २’ गर्नेछन्। यस अर्थमा उनले दुवै निर्देशक संग उनले आफ्नो बिग्रिएको सम्बन्ध सुधार्नेछन्। नेपाली चलचित्रमा चकलेटी नायकको उपस्थिति र चलचित्रमा काम गर्ने शैलीमाथि प्रश्न उठ्ने गरेको छ। यसको जवाफ प्रदीपले भाईचाराका साथ दिएका छन्। पल, प्रदिप र आर्यनको एकै चलचित्रको अभिनय यात्राले पनि एकताको सन्देश दिईसकेको छ। जे होस् प्रदिपले तय गरेको नयाँ मोड र सोच भने नेपाली चलचित्र क्षेत्र र चकलेटी अभिनेताका लागी भने फलदायी नै हुनेछ।

प्रतिक्रिया दिनुहोस्