भ्याकेसन मुड: सिड्नीबाट स्वस्तिमाको बोल्ड फोटो


अभिनेत्री स्वस्तिमा खड्काको लागी यो बर्ष निकै व्यस्त बन्यो। लगातार तीन महिनामा उनका तीनवटा चलचित्र रिलिज भए। ‘एँचो पैंचो’ रिलिज मार्फत यो बर्षको सुरुवात गरेकी स्वस्तिमाको दशैँमा ‘पशुपतिप्रसाद २: भष्मे डन’ र तिहारमा ‘दिमाग खराब’ रिलिज भयो। दिमाग खराब अहिले पनि प्रदर्शनरत रहेको छ।

निश्चल बस्नेतको कमव्याक चलचित्र ले दर्शकको साथ राम्रो बटुल्यो। अहिले चलचित्रको अष्ट्रेलिया प्रदर्शनको लागी निश्चल र स्वस्तिमा उतै रहेका छन्। चलचित्रको प्रमोशन संगै यो समयलाई विदा मनाउने मुडमा समेत लिएका छन्। सिड्नीको समुन्द्री तटमा स्वस्तिमा खड्का बोल्ड अवतारमा प्रस्तुत भएकी छिन्।

अष्ट्रेलियामा यतिबेला गर्मी मौसम रहेको छ। सोहि गर्मी छल्न स्वस्तिमा सिड्नीको समुन्द्री तटमा पुगेकी हुन्। लगातारको चलचित्रको व्यस्तता र त्यसपछिको भ्याकेसन मुड स्वस्तिमाले इन्ज्यो गरेको देखिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्