एक्सनले भरिपूर्ण पूजाको ‘दान्भी’ टिजर, नव-नायकसंगको केमेष्ट्री कस्तो?


अभिनेत्री पुजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘दान्भी’ को टीजर रिलिज भएको छ। पूर्ण एक्सनले भरिएको टिजरमा पूजालाई देखिआएको भन्दा फरक भूमिकामा देख्न सकिन्छ।

पूर्ण एक्सन गरेकी पूजाले टीजरमा आफ्नो पात्रलाई न्याय गर्ने दिएको मिहेनत स्पष्ट देख्न सकिन्छ। यहि चलचित्र मार्फत नव-नायकको रुपमा कुन्साङ्ग बोम्जोनले डेव्यु गर्दैछन्। उनको लुक्स आकर्षक देखिएको छ। राजधानीमा एक कार्यक्रमको बिचमा टिजर रिलिज गरिएको थियो।

रिलिज कार्यक्रममा पनि पुजा र कुन्साङ्गको जोडी आकर्षक देखिएको थियो। रुपेश तामाङ्गको निर्देशनमा तयार भएको चलचित्रमा देव मगर र अनुप गदालको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्