फ्राइडे रिलिज : दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ रिलिज


फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट दुई नेपाली चलचित्र रिलिज भएका छन्। कार्तिक २४ गते रिलिज भएको ‘दिमाग खराब’ पछी दुई नेपाली चलचित्र हलमा रिलिज भएका हुन्। उदय सुब्बा निर्देशित ‘दुई कदम’ र आशुतोषध्वज कार्कीको डेब्यू निर्देशन रहेको ‘जम्प’ हलमा रिलिज भएका छन्।

नयाँ र पुराना कलाकारको मिश्रण रहेको चलचित्र ‘दुई कदम’ मार्फत दुई नायक र नायिका डेव्यु गर्दैछन्। ओन लिम्बु र सिमोन गिरीको लभ स्टोरीलाई मुख्य रुपमा देखाइएको चलचित्रमा सुनिल थापा, गौरव पहारी, बुद्धि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ। अजम्बरी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बूको लगानी रहेको छ।

सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित लगायतका कलाकारको अभिनय चलचित्र जम्पमा रहेको छ । आइतबार गरिएको प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया बटुलेको थियो। तर दुवै चलचित्रलाइ मल्टिप्लेक्सले न्यून शोज दिएको छ।

प्रतिक्रिया दिनुहोस्