कोच मिलनले पुरा गरिन् वाचा, राजनको संगीतमा विनोदसंग गरिन् गीत रेकर्ड


नेपाली गायन क्षेत्रमा मिलन नेवार र राजनराज शिवाकोटीले आफ्नो विशिष्ट स्थान बनाएका छन्। मिलन र राजनको सहकार्यमा पछिल्लो समय सुपरहिट गीत सृजना भएका छन्। फुलबुट्टे सारीको सफलतापछि मिलन नेवारको करियरको दोश्रो आयाम सुपरहिट बनेको छ। राजनराज शिवाकोटीले नेपाली गीतसंगीत क्षेत्रमा दर्जनौ सुपरहिट गीत दिएका छन्। १० करोड माथीका कोसेढुंगा उनले पार गरेका छन्। राजन र मिलन सहकार्यमा एक नयाँ गायक मिसिएका छन्। भ्वाइस अफ नेपालको नयाँ सिजनमा विजेताको रुपमा हेरिएका छन् इलामेली गायक, विनोद राई।

ब्लाइण्ड अडिसन बाट नै आफ्नो अब्बल प्रस्तुती उनले दिईरहेका छन्। ब्लाइण्ड अडिसनमा उनले ‘छालहरु ओ छालहरु’ गीत गाएका थिए। चार जना नै कोचको कुर्सि घुमाउन सफल विनोदलाई आफ्नो टिमले लिन कोचले हानथाप गरेका थिए। आफ्नो टिममा लिन कोच मिलनले राजनराज शिवाकोटीको संगीतमा आफ्नो र विनोद राईको आवाजमा गीत रेकर्ड गराउने बाचा गरेकी थिइन्। सोहि बाचासंगै विनोद मिलनको टिममा आएका थिए। कोच मिलनले उक्त बाचा पुरा गर्दै विनोदसंग गीत रेकर्ड गराएकी छिन्। प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा मिलन र विनोदको आवाजमा राजनराजले गीत रेकर्ड गराएका छन्। गीत रेकर्डसंगै विनोदले यो अवसर आफ्नो करियरको लागी निकै ठुलो भएको प्रतिक्रिया दिएका छन्। भ्वाइसको टप ८ मा पुगेका उनी विजेताको दावेदारको रुपमा रहेका छन्।

गीत रेकर्डसंगै फुलबुट्टे सारीको १० करोड क्लब सेलिब्रेसन समेत भएको छ। गीतको फिमेल भर्सनमा मिलन नेवारले आवाज भरेकी छिन् भने राजनराज शिवाकोटीको संगीत रहेको छ। यसका हरेक भर्सन दर्शकले रुचाएका छन्। तर फिमेल भर्सन भने सर्वाधिक हिट बनेको छ । ३ बर्ष भन्दा कमको समयमा यो गीतले दर्शकको यो माया पाएको हो। राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा पल शाह र मलिका महत फिचर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्