सुरक्षा पन्तको सिरिज यात्रा: ‘खेल’ को शुभमुहर्त


अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा रहने नयाँ वेभ सिरिज ‘खेल’ निर्माण हुने भएको छ। शुक्रबार चाबहिल स्थित गणेशथान मन्दिरमा सुभमुहर्त गर्दै वेभ सिरिजको औपचारिक सुरुवात गरिएको छ। सिरिजका निर्देशक, कलाकारहरू तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा र स्क्रिप्ट पूजा गरिएको हो । बलिउडका दर्जन बढी चलचित्रमा सह-निर्देशकको काम गरिसकेका अनुराग प्रधानको निर्देशनमा सिरिज निर्माण हुनेछ।

एक सय वर्ष अगाडीको काठमाडौँको सेटअपमा पुरै सिरिज छायाङ्कन गरिनेछ। सुरक्षा पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली लगायतको अभिनय रहने सिरिजको काठमाडौँ भित्र करिब एक महिना छायाङ्कन हुनेछ ।सिरुपाते कट्स प्रालिले निर्माण गर्ने यस सिरिजका निर्माताहरू आशिष राज महर्जन र लेविस राज महर्जन हुन् भने सह निर्माता कुनाल गुरुङ हुन् ।

प्रतिक्रिया दिनुहोस्