A vertical shot of the black cat in the dark darkness

‘मुटुको ४ आना’ मा रेखा, पूजा र बेनिशाको छमछामी


फागुन २५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘उपहार’ को दोश्रो गीत सार्वजनिक भएको छ। लोक शैलीमा आधारित ‘मुटुको ४ आना’ बोलको गीतमा समिक्षा अधिकारी र महेन्द्र बिकको आवाज रहेको छ । अर्जुन पोख्रेलले संगीत भरेको गीतमा मुक्त उदासको शब्द रचना रहेको छ ।

चलचित्रका प्रमुख तीन अभिनेत्रीहरु रेखा थापा, पूजा शर्मा र बेनिशा हमालले गीतको भिडियोमा नृत्य गरेका छन्। किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, विनोद कुमार पौडेल लगायत तीन अभिनेत्रीलाई भिडियोमा साथ दिएका छन्। आकर्षक सेटमा तयार पारिएको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

मुकुन भुषाल, तेज गिरी, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाल लगायतका कलाकारको अभिनय रहेको चलचित्र मार्फत समपर्ण जंग कार्की अभिनेताको रुपमा डेव्यु गर्दैछन्। रेखा फिल्मस् र कपनगढी फिल्मस्को संयुक्त निर्माण रहेको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्