के सन्तोष सेनको ‘बलिदान’ मा देखिदैछन् विराज भट्ट ?


नेपाली चलचित्र क्षेत्रमा दिल खोलेर निर्माण गर्ने निर्माताको रुपमा परिचित छन्, सन्तोष शेन। प्रेमगीतका सफल सिक्वेल निर्माण गरेका शेनको नयाँ चलचित्र ‘बलिदान’ को घोषणा भैसकेको छ। चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन्। यहि चलचित्रमा एक्सन स्टार विराज भट्टको प्रवेश सम्भावना बढेको छ। अनाउन्समेन्ट टिजर सार्वजनिक भएदेखि नै चलचित्रमा बिराजको माग रहेको छ।

दर्शकको उच्च मागको सम्बोधन चलचित्रको टीमले पुरा गर्ने सम्भावना बढेको छ । ‘जय बलिदान’ क्याप्सन सहित निर्माता सन्तोष शेन र विराज भट्टसंगको तस्विर सामाजिक संजालमा भेट्न सकिन्छ। चलचित्रका अर्का निर्माता प्रेम पुरीले उक्त फोटो सार्वजनिक गरेका हुन्। यसले पनि चलचित्रमा विराज रहने सम्भावना देखाउछ ।

माओवादी-सशस्त्र द्वन्द्वको समयताका तराई क्षेत्रमा भएको एउटा कारुणिक नरसंहार घटनामाथि निर्माण हुने चलचित्रको अफर अनमोल केसीलाई समेत पुगेको छ । अनमोलले फाइनल स्क्रिप्ट पढेपछि मात्र निर्णय दिने बताएका छन् । जे होस् यो पटक सन्तोष मल्टिस्टारर चलचित्र निर्माणको सोचमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्