दया र दियाको ‘चोरी चोरी’ बसेको माया


माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘दयारानी’को गीत रिलिज भएको छ । सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् ।

मनोज थापा मगरको संगीत तथा हर्क साउँदको शब्द रचना रहेको गीतमा संगीतकार थापा मगर र सदिक्षा कट्टेलको स्वर सुन्न सकिन्छ । आगामी माघ २६ गतेबाट चलचित्र नेपालसहित विदेशमा एकसाथ प्रदर्शनमा आउनेछ । अभिनेता माओत्से गुरुङले यही चलचित्रबाट निर्देशनमा डेव्यु गरेका हुन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । चलचित्रको कास्टिङ डाइरेक्टर मणिराम पोखरेल हुन् ।

प्रतिक्रिया दिनुहोस्