‘महाजात्रा’ पोष्टर: हरिवंश र विपिनको साथमा दुई रविन्द्र


चैत्र ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘महाजात्रा’ को पहिलो झलक सार्वजनिक भएको छ। सार्वजनिक पोष्टरमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ र रवीन्द्र झालाई देखाइएको छ । प्रदिप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ। ‘जात्रा’ को दुई सिक्वेलको सफलता, निर्देशक प्रति दर्शकको विस्वास र स्टारकास्टको राम्रो उपस्थितिले यो चलचित्र प्रतिक्षित रहेको छ।

फस्टलुकमा हरिवंश ह्वीलचियरमा बसेको छन् भने पैसा नै पैसा पोष्टरमा देखाईएको छ। यसको अर्थ जात्राका दुई सिरिज जस्तै यसले पनि पैसाको पछिको भागदौडको कथा बोल्ने देखिन्छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन्। चलचित्रमा बर्षा राउत, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ। पुरुषोत्तमा प्रधानले चलचित्रलाई खिचेका छन्। षट्कोण फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रले बक्स अफिसमा आकर्षक व्यापार गर्ने आंकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्