‘चित्रा’ ट्रेलर: एक्सन र पारिवारिक कथाको समिश्रण


पौष २७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘चित्रा’ को ट्रेलर सार्वजनिक भएको छ। इन्टरनेटमा रिलिज गरिएको ट्रेलरमा एक्सन र पारिवारिक कथाको समिश्रण गरिएको छ। अर्पण थापा, मेनुका प्रधान, प्रमोद अग्रहारी लगायतका मझिएका कलाकारको बीचमा ४२ बर्षिय नायक सन्तोष अधिकारीले चलचित्र मार्फत डेव्यु गर्दैछन् । बाबु-छोरीको सम्बन्धको कथा देखाईएको चलचित्रमा सन्तोषको डेव्यु राम्रो देखिएको छ।


घनश्याम लामिछानेको निर्देशनमा तयार भएको चलचित्रमा सुभेक्छा खड्का, अञ्जना बराइली, प्रकाश घिमिरे, सिम्रन खड्का लगायतका कलाकारको अभिनय रहेको छ। आशिष थापा मगर निर्माता रहेको चलचित्रमा सन्तोष अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन्। अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो चलचित्रमा राजनराज शिवाकोटीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्