‘बेहुली फ्रम मेघौली’ मा निश्चलकी बेहुली स्वस्तिमा


‘दिमाग खराब’ को सफलतापछि निर्देशक निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी नयाँ चलचित्रमा देखिने भएको छ । ‘दिमाग खराब’ लेखक आकाश बरालको निर्देशनमा बन्ने चलचित्रमा निश्चल र स्वस्तिमाले सहकार्य गर्न लागेका हुन्। चैतबाट छायाँकनमा जाने चलचित्रको यतिबेला लोकेशन हेर्ने काम भैरहेको छ।

चितवनको मेघौली बाट सुरुवात हुने चलचित्रको कथा निर्देशक बरालको नै रहेको छ। आकाश बराल र सजन काफ्लेले निर्देशन र लेखनमा सहकार्य गरेको चलचित्र रोमान्टिक ड्रामा जनरामा बन्नेछ। ब्ल्याक हर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा निश्चल र स्वस्तिमा बाहेकका कलाकारको परिचय गराईएको छैन। वर्किङ टाइटल ‘बेहुली फ्रम मेघौली’ राखिएको चलचित्रको टाइटल पछि परिवर्तन हुन् सक्नेछ।

प्रतिक्रिया दिनुहोस्