A vertical shot of the black cat in the dark darkness

‘चित्रा’ प्रिमियरमा को को पुगे? , प्रतिक्रिया दिदै कसले के भने?


सोमबार काठमाडौंमा डेब्यू अभिनेता सन्तोष अधिकारीको ‘चित्रा’ चलचित्र को प्रिमियर भएको छ। प्रिमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

चलचित्रको प्रिमियरमा गौरी मल्ल, भुवन केसी, दिपाश्री निरौला, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा लगायत उपस्थित थिए। प्रिमियरपछि प्रतिक्रिया दिएका अधिकांशले चलचित्र राम्रो बनेको र कथा मनपरेको बताएका थिए।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डेब्यू अभिनेता सन्तोषको काम डेब्यू अभिनेताको जस्तो नभइ काम गरिरहेका कलाकारको जस्तै भएको प्रतिक्रिया दिए।

‘हेर्दाखेरी नव नायकको अभिनय भन्ने देखिदैन, सन्तोषको अभिनय पहिलादेखि गरिराखेको देखिन्छ,, बधाईं छ मेरो भाइलाई’, भुवनले भने। यसैगरी उनले प्रमोद अग्रहरीको पनि तारिफ गरे। केसीले चलचित्र रमाइलो भएको बताउँदै आफू इमोशनल बनेको बताए।

यसैगरी आफूलाई चलचित्रको कथा मनपरेको बताएकी अभिनेत्री गौरी मल्लले चलचित्रमा छोरीको भूमिकामा काम गरेका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट प्रभावित बनिन्।

यस्तै, निर्मात्री, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले डेब्यू अभिनेता सन्तोषलाई राम्रो काम गरेकोमा बधाईं दिइन्। उनले पनि बाल कलाकार आयुशी ढकाल र अभिनेत्री सिम्रन खड्काको तारिफ गरिन्।

यस्तै किसिमको समान प्रतिक्रिया प्रिमियरमा सहभागीहरुको थियो। घनश्याम लामिछाने निर्देशित चलचित्र पौस २७ गते शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ।

पारिवारिक कथा पेस गर्ने यो चलचित्रमा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ । महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ । चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्