पहिलोपटक प्रदिप खड्का र आना शर्माको जोडी


चलचित्र एक्टरमा अभिनेत्री आना शर्माको प्रवेश भएको छ। प्रदिप खड्कालाई मुख्य भूमिका रहने गरि केहि समय अगाडी नाम सार्वजनिक भएको चलचित्र ‘एक्टर’ मा आना लिड हिरोईनमा जोडिएकी हुन्।

आना र निर्माणपक्ष बिच चलचित्रमा औपचारिक सम्झौता भएको छ। राजन भुसालको निर्देशनमा तयार हुने चलचित्रलाई थमन कुमार भण्डारीले निर्देशन गर्दैछन्। अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र चाडै सुटिङ्गमा जनाए तयारीमा रहेको छ। २०२५ मा रिलिज गर्ने तयारीमा रहेको चलचित्रमा राज बल्लब कोईराला पनि अनुबन्ध भएको चर्चा रहेको छ। अमेरिका बस्ने कोईराला नेपाली चलचित्रमा कमब्याकको सोचाइमा रहेका छन्। तर यस अगाडी घोषित एक चलचित्र निर्माण हुन् सकेको थिएन। आना र प्रदिप पहिलोपटक एकसाथ देखिन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्