भुवनले ‘हे सानु’ अभिनय मार्फत दर्शाए विदेशिनेको मार्मिक पिडा


काठमाडौँ । गायक विनोद दनुवारको स्वर रहेको गीत ‘हे सानू’ सार्वजनिक भएको छ ।

नवराज घिमिरेको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो युके इन्टरटेन्मेटले सार्वजनिक गरेको हो ।

भिडियोमा मोडल भुवन के.पोखरेल र जुना कार्कीको अभिनय रहेको छ । नेपाली युवा विदेशिनु पर्दा उसको प्रेमीका र घरपरिवारले कस्तो पिडा भग्नुपर्छ भनेर भिडियोले देखाएको छ । भिडियोमा भुवन र जुनाको अभिनय सुहाउँदो छ । 

गीतका शब्द निकै मार्किक र मर्मस्पर्शी रहेकाले भिडियो पनि त्यस्तै बनेको मोडल भुवन के पोखरेल बताउँछन् । भुवन पछिल्लो समय राम्रै जमेका मोडल हुन् । उनी टेलिसिरियल ‘भैरवी’मा डक्टरको भूमिकाको रूपमा समेत चर्चित छन् । अहिलेसम्म दुई दर्जन बढी म्युजिक भिडियो तथा विभिन्न टेलिसिरियलमा  अभिनय गरिसकेका भुवनले गीतबाट राम्रो प्रतिक्रिया पाउने आस गरेका छन् । 

गीत मार्मिक विषयमा तयार भएकोले दर्शक श्रोताको मन जित्ने विश्वास लिएको गायक विनोद बताउँछन् । भिडियोको छायाङ्कन, सम्पादन र निर्देशक प्रवेश पोखरेलले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्