A vertical shot of the black cat in the dark darkness

‘नमेटिने घाउ’ निर्देशन गर्दै रमित ढुंगाना


कुनै समय नेपाली चलचित्रका सफल अभिनेता रमित ढुंगान अव निर्देशक बन्ने भएका छन्। डेव्यु निर्देशकको रुपमा उनले ‘नमेटिने घाउ’ निर्देशनको घोषणा गरेका छन् ।

एसिड आक्रमणको कथामा तयार हुने चलचित्र रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुनेछ। विगत १० बर्षमा नेपालमा ३३ जनामाथि एसिड आक्रमण भएको भन्दै रमितले यो बिषयको उठान हुन् आवश्यक रहेको रमितले बताए। ओम सुनारको संगीत, शिवम् अधिकारीको कथा रहने चलचित्र एसिड आक्रमणमा परेकी मुस्कान खातुनको रियल कथासंग प्रभावित रहनेछ। उनको पनि यो चलचित्रमा मुख्य भूमिका रहने चर्चा रहेको छ।\

प्रतिक्रिया दिनुहोस्