A vertical shot of the black cat in the dark darkness

श्रीमतीको सम्झनामा मदनकृष्णको ‘तिमि जुन जस्तै लाग्छ प्यारो’


बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शब्द रचनामा तयार हेको गीत ‘तिमि जुन जस्तै लाग्छ प्यारो’ सार्वजनिक भएको छ । आफ्नी श्रीमतीको सम्झनामा मदनकृष्णले लेखेको यो गीतमा छोरा यमन श्रेष्ठले संगीत भरेका छन्। छोरी सराना श्रेष्ठले यो गीतमा आवाज भरेकी छिन्। सराना गायन संगै निर्देशनमा पनि सक्रिय रहेकी छिन्।

सरानाको नै कन्सेप्ट र निर्देशनमा तयार भएको भिडियोलाई उत्तम हुमागाईले खिचेका छन्। हरि हुमागाईले सम्पादन गरेको भिडियोमा श्रीमतीको सम्झनामा रहेका मदनकृष्ण र छोरी सराना फिचर्ड रहेका छन्।

प्रतिक्रिया दिनुहोस्