पहिलोपटक संगै देखिदै प्रदिप, आंचल र सुरक्षा


चलचित्र ‘एैँचो पैँचो’बाट निर्देशनमा हात हालेकी कृषा चौलागाईले आफ्नो दोश्रो चलचित्र ‘पिताम्बर’ को स्टारकाष्टलाई बलियो बनाएकी छिन्। प्रदिप खड्कालाई मुख्य भूमिकामा अनुबन्धित गरेकी कृषाले अभिनेत्रीको रुपमा आंचल शर्मा र सुरक्षा पन्तलाई अनुबन्धित गरेकी छिन् ।

एक्सन जनरामा निर्माण हुने बताईएको चलचित्रको लिड तीन क्यारेक्टर नै बलियो देखिएका छन्। यो संगै चलचित्रमा प्रमोद अग्रहरी र कामेश्वर चौरासियाको पनि अभिनय रहने पक्का छ। प्रदिप खड्कासंग आइतबार कागजी सम्झौता हुने तयारी छ। कृषाले प्रदिपसंगको तस्विर शेयर गर्दै यसको जानकारी दिईसकेकी छिन्।

यता डिग्री माइलाको सुटिङ्गमा व्यस्त रहेकी आंचल संग पनि कागजी सम्झौता मात्र बाँकि रहेको बुझिएको छ। सुरक्षा पन्तसंग चलचित्रमा सहकार्य गर्ने पक्का भैसकेको छ। चलचित्रको मुख्य खलपात्रमा अनुप बिक्रम शाहीलाई अफर गरिएको छ। उनि पनि चलचित्रमा अनुबन्धित भएमा स्टारकाष्ट भव्य बन्नेछ। तराईको सेटिङ्गमा खिचिने चलचित्रका केहि दृश्यको सुटिङ्ग चाडै सम्पन्न हुनेछ। प्रदिपले ‘पुजार सार्की’ को सुटिङ्ग सम्पन्न गरेपछि बाँकी चरणको सुटिङ्ग गर्ने तयारी कृषाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्