A vertical shot of the black cat in the dark darkness

रमित ढुंगानाको चलचित्रमा केपी शर्मा ओलीको अभिनय


रमित ढुंगानाको निर्देशनमा तयार हुने चलचित्र ‘नमेटिने घाउ’ को औपचारिक घोषणा र शुभमुहर्त गरिएको छ। पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। ओलीले मुहुर्तको अवसरमा पहिलो दृश्यको निर्देशन गरेका थिए । ओलीको एक्सनमा सांसद ज्ञानेन्द्र शाहीले क्ल्याप ठोकेका थिए ।

कलाकारहरु रमेश उप्रेतीले कट भन्दा धिरेन शाक्यले क्यामेरा रोल र विक्रान्त बस्नेतले नरिबल फुटाएका थिए । राजनैतिक र चलचित्र क्षेत्रका अतिथिले भरिएको कार्यक्रममा कलाकारले एसिड आक्रमणमा परेकाको कथा नाटक मार्फत दर्शाएका थिए। एसिड आक्रामणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटर बनाउन लागिएको चलचित्रबाट रमित निर्देशनमा डेब्यु गर्न लागेका हुन्। चलचित्रमा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ती पौडेल, संजोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाँई, उपेक्षा न्यौपाने, क्रान्ती शाह, विरेन्द्र सिंह कुसुहा को अभिनय रहनेछ।
चलचित्रमा केपी ओलीको पनि अभिनय रहनेछ। केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिदैछन् भने रमित ढुंगानाको पनि केमियो रहनेछ ।

प्रतिक्रिया दिनुहोस्