पूजा र पलको मिलन, चलचित्रमा संगै देखिने चर्चा
‘म यस्तो गीत गाउँछु’ को दुई पार्टमा काम गरेका पूजा शर्मा र पल शाहको जोडी दर्शकका लागी प्रिय रहेको छ । पहिलो चलचित्रबाट नै रुचाईएको यो जोडीको पछिल्लो समय सम्बन्ध सुमधुर छैन। बिशेष गरि पल शाह एक बर्षको कारागार जीवनमा रहदा पललाई सर्वाधिक साथ दिने र पटक पटक भेट्न जाने अभिनेत्रीमा पूजा रहेकी थिइन्। उनले न्याय पाउनुपर्ने र रिहाई हुनुपर्ने चर्को आवाज पूजाले उठाएकी थिइन्।
![](https://i0.wp.com/mnmnepal.com/wp-content/uploads/2022/04/paul-pooja-1.jpg?resize=700%2C430&quality=100&strip=all&ssl=1)
तर पल रिलिज भएपछी माहोल पुरै बदलियो। पुजा र पलको सम्बन्ध चिसियो र दुवै बीच बोलचाल बन्द भयो। एकदम निकट मानिएका पल र पुजाको सम्बन्ध चिसिएको तब प्रस्ट भयो जब पूजालाई पलकी बहिनि रोशनीको विवहाको निम्ता आएन। पूजाले पलसंग केहि भिडियोमा सहकार्य गर्न रिजेक्ट समेत गरिन्।
तर अब भने पल र पूजाको सम्बन्ध बिस्तारै सुधिर्दै गएको छ। दुवै बीच भेट भएको र एक अर्काको तिक्तता समेत पोखिएको चर्चा रहेको छ।
अर्को रोचक कुरा के छ भने यो जोडीलाई लिएर सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु ३’ बनाउने चर्चा समेत रहेको छ। यसो भएमा झन् दर्शकका लागी यो रोचक कुरा हुनेछ।
जे होस् दर्शकले रुचाएको जोडीको मिलेको सम्बन्ध र चलचित्र सहकार्य सधै उत्साहित नै रहने गर्दछ।