A vertical shot of the black cat in the dark darkness

सलोनको चलचित्रबाट सलिनमान बनियाँको कमब्याक पक्का


आफ्नो पहिलो चलचित्र ‘ए मेरो हजुर २’ बाट नै सलिनमान बनियाँले स्टारडम बनाए। आकर्षक लुक्स, बलियो फेसन सेन्सले सलिन दर्शक माझ परिचित हुन् धेरै समय लागेन। पहिलो चलचित्र हिट बन्यो। दोश्रो चलचित्रको रुपमा उनले ‘यात्रा’ मा अभिनय गरे। चलचित्रको व्यापार ठिकठाक भए पनि सलिनको काम र एक्सनको प्रसंशा भयो। तर यात्रा रिलिजको ५ बर्षसम्म उनले कुनै चलचित्रमा काम गरेनन्।

दिनहु स्क्रिप्ट र निर्माता भेट्न र चलचित्रमा काम गराउन लालायित भए पनि उनले चलचित्रमा अभिनय गरेनन्। उनको क्रेज अहिले पनि घटेको छैन। दुई चलचित्रमा संगै काम गरेपछि सलिन संग अर्का अभिनेता सलोन बस्नेत जिग्री यार बनेका छन्। दुवैको मित्रता रोचक रहेको छ। सलोनका कुनै पनि काममा सलिनको बलियो साथ देखिन्छ। उनै सलोनले निर्माण गर्ने चलचित्र मार्फत सलिनले कमव्याक गर्ने भएका छन्। ‘यूनिभर्सिटी अफ गुन्डाज्’ नामक एक्सन चलचित्र मार्फत उनको कमब्याक पक्का भएको हो। सलोन-सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रलाई फागुन पछि सुटिङ्ग गर्ने तयारीमा निर्माण टिम रहेको छ। निर्देशकको बारेमा जानकारी नदिईएको चलचित्रमा सलोनको पनि मुख्य भूमिका रहनेछ ।

प्रतिक्रिया दिनुहोस्