‘मोदिबेनी’ मा बर्षा शिवाकोटी, मुहर्त गर्दै छायाङ्कनमा निस्कियो


मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहर्त गर्दै चलचित्र ‘मोदीबेनी’ को युनिट छायाङ्कनमा निस्किएको छ। चलचित्रको मुहर्तसंगै टिममा अभिनेत्री बर्षा शिवाकोटीको प्रवेश भएको छ। उनि चलचित्रमा महत्वपूर्ण भूमिकामा अनुबन्धित भएकी छिन्। नव अभिनेता अमर प्रताप श्रेष्ठसँग उनको जोडी बाधिनेछ। बर्षा भन्छिन्, ‘मेरो भूमिका आजसम्म गरिरहेको भन्दा एकदमै भिन्न छ। कथावस्तु पनि चलन चल्तीका चलचित्रहरूको भन्दा फरक छ । यो चलचित्रमा एक नयाँ प्रयोग पनि हुनसक्छ।’

ओजस थिएटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ’प्रीतको रित’ नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका छन् । नायक श्रेष्ठले आफू चलचित्रको लागि तयार भएर अभिनयमा होमिन लागेको बताए । शङ्कर कोइरालाले निर्देशन गर्ने चलचित्र मार्फत अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्दैछन्।

चलचित्रमा दिलिप केसी, सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने चलचित्र पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रहेर बन्नेछ।

प्रतिक्रिया दिनुहोस्