सुरु भयो र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’


नेपालको पहिलो र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सुरु भएको छ। गिरिश खतिवडा, बलेन र मानस घले’ जजको रुपमा रहेको शो इमेज च्यानल बाट प्रसारण सुरु भएको छ भने यसको डिजिटल पार्टनरको रुपमा ‘ओएसआर डिजिटल’ रहेको छ । देशका केहि ठाउँमा लाइभ र केहि ठाउँमा डिजिटल अडिसन मार्फत प्रतिष्पर्धी छनोट गरिएको छ। हरेक हप्ताको मंगलबार र बुधबार यो शो प्रसारण हुनेछ। निकेश खड्काको निर्देशनमा शो तयार भएको हो।

प्रतिक्रिया दिनुहोस्