‘मायाँको धुन’मा रंगिए श्रद्धा र सुरेश


प्रेम दिवसको अवसर पारेर प्रेम भाव बोकेको गीत ‘मायाको रंगहरु’ सार्वजनिक गरिएको छ । यो गीतमा रानी शाक्य र प्रताप दासको स्वर छ । भिडियोमा राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत छ ।


सार्वजनिक गीतको भिडियोमा नायिका श्रद्धा क्षेत्री र मोडल सुरेश कोहलीको अभिनय छ । भिडियोमा ओम प्रसाँइको छायांकन तथा सम्पादन छ । भिडियोमा कोरियोग्राफी तथा निर्देशन सन्दिप भुजेलको छ ।
सार्वजनिक भिडियोमा श्रद्धा र कोहली रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्