राष्ट्रप्रेमले भरिएको ‘कांडेतार’ ट्रेलर, सरकार खोज्दै कार्यक्रममा आक्रोशित नवल


नवल खड्काको निर्देशनमा तयार भएको चलचित्र ‘काँडेतार’ को ट्रेलर सार्वजनिक भएको छ। ‘जनयुद्ध दिवस’ को अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरले सीमा अतिक्रमणको कथा उठान गरेको छ । नवल खड्काको एक्सन र राष्ट्रप्रेमको वरपरी घुमेको ट्रेलर रिलिज कार्यक्रममा खड्का भने आक्रोशित देखिए ।

माओवादी निकट मानिने खड्का सरकार कहा छ भन्दै प्रश्न गरिरहेका थिए। जनकपुर र विरगंजमा चलचित्रको च्यारिटी रोकिएको भन्दै उनि आक्रोशित भएका थिए। उनले नेपाल र भारतको सीमामा काँडेतार लगाउन चलचित्रको नाफाको २५ प्रतिशत दिने पनि घोषणा गरेका छन् । चलचित्रमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी लगायतको पनि अभिनय छ । चलचित्र फागुन २५ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्