खगेन्द्र र बर्षाको जोडी बाँधेर ‘मेयर’ को शुभमुहर्त


सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भारत थापाको जीवनीमा आधारित रहेकी निर्माण हुने चलचित्र ‘मेयर’ को शुभमुहर्त भएको छ। पटकथा प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रले मेयर थापा को जीवनको संघर्षको कथा बोल्ने निर्माण टिमले जानकारी दिएको छ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्रमा खगेन्द्र लामिछाने मेयर थापाको भूमिकामा देखिदैछन्। चलचित्रको खगेन्द्रको जोडीको रुपमा बर्षा राउत देखिदैछिन्। शर्मिला पाण्डे र श्रीष्टिमा खनाल निर्माता रहेको चलचित्रमा दिपेन्द्र कार्यकारी निर्माताको रुपमा रहेका छन्।

महेश दवाडीको पटकथा लेखेको चलचित्रलाई कृष्ण बहादुर थापाले खिच्नेछन्। चलचित्रमा खगेन्द्र र बर्षाको साथमा अर्पण थापा, प्रकाश घिमिरे, अनुप बराल, दिव्य देव , हरिहर शर्मा, रविन्द्र झा, आशान्त शर्मा, अर्विशा थापा, सन्जोग रसाईली लगायतका कलाकारको अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्