A vertical shot of the black cat in the dark darkness

सकियो नीति शाहको डेव्यु चलचित्र ‘खजुरे ब्रो’ को सुटिङ्ग, अर्को बर्ष रिलिज हुने


नीति शाहको डेव्यु चलचित्र ‘खजुरे ब्रो’ को सुटिङ्ग सकिएको छ। २५ दिन लगाएर चलचित्रको सम्पूर्ण सुटिङ्ग सम्पन्न भएको निर्माण टिमले जानकारी दिएको छ। चलचित्रमा नीतिको जोडी अभिनेता रेअर राईसंग बाँधिएको छ। रेअरले केहि सफल नेपाली चलचित्रमा सह-भूमिकामा अभिनय गरिसकेका छन्।

महेश त्रिपाठी, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, नविन मानन्धर, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ लगायतको कलाकारको अभिनय चलचित्रमा रहेको छ। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ विशेष भूमिकामा रहेको चलचित्रलाई सुरज सुनुवारले निर्देशन गरेका हुन् ।सुरज सुनुवार र नविन मानन्धर निर्माता रहेको चलचित्रलाई अर्को बर्ष रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्