शोभित बस्नेतको ‘बद्रि बहादुर’ चैत्रमा रिलिज हुने , सलोन र पूजा बिशेष भूमिकामा
शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘बद्रि बहादुर’ को रिलिज मिति तय भएको छ। निर्माण टिमले दुई पोष्टर सार्वजनिक गर्दै चैत्र २३ गतेलाई रिलिज मिति तय गरेको छ। ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नु होला’ स्लोगन सहित चलचित्रका पोष्टर सार्वजनिक गरिएको हो ।
![](https://i0.wp.com/mnmnepal.com/wp-content/uploads/2024/02/428606239_7135414603223786_1095833020319939781_n-533x768.jpg?resize=533%2C768&quality=100&strip=all&ssl=1)
सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो ।
![](https://i0.wp.com/mnmnepal.com/wp-content/uploads/2024/02/428626116_7135414489890464_8742488824135899791_n.jpg?resize=417%2C600&quality=100&strip=all&ssl=1)
प्रस्तुतकर्ता विजय गोपाल दली प्रस्तुतकर्ता रहेको चलचित्रमा निर्माताको रुपमा मिथुन भोटे रहेका छन् । अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेको चलचित्रमा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ ।