‘चलिरहेका चलचित्र भन्दा भिन्न कथामा उपहार’- रेखा थापा


ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’ फागुन २५ गतेबाट रिलिज हुँदैछ। यो चलचित्रबाट रेखा थापा पाँच बर्षपछि दर्शकमाझ आउँदैछिन् । रेखा चलचित्र रिलिज अगावै पहिलो सन्तानको आमा बन्दैछिन्। उनि यतिबेला श्रीमान सहित अमेरिकामा रहेकी छिन् । अमेरिकामा नै रहेर रेखा चलचित्रको प्रचारमा भने व्यस्त रहेकी छिन्। अमेरिकामा रहेका नेपाली संचारमाध्यममा रेखाका अन्तर्वाता भेट्न सकिन्छ ।

रेखा चलचित्र ‘मालिका’ पछि नेपाली चलचित्रमा देखिएकी हुन् । उनले यो बीचमा चलचित्रका गीतमा भने देखिएकी थिइन्। रेखा भन्छिन् ,’मालिकापछि मैले अभिनेत्रीकै रुपमा चलचित्रमा त काम गरिनँ । तर एक दुईवटा चलचित्रका गीतमा केमियो गरे। चलचित्रमा काम गर्ने सोच त थियो, तर बीचमा कोभिड महामारीको लकडाउनले त्यो सम्भव भएन ।’


रेखाको लागि उपहार दर्शकको लागी आफ्नो तर्फबाट अमुल्य उपहार हो। ‘उपहार ‘ दर्शकको नाम मस्तिस्कमा बस्ने गरि लेखिएको र निर्माण गरिएको चलचित्र हो । ‘नेपाली चलचित्र नियमित हेरिरहने र कहिल्यै नेपाली चलचित्र नहेर्ने दर्शकले पनि ‘उपहार’लाई हेर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौं । यो चलचित्र हेर्दा आम दर्शकले नयाँ उर्जा पाउनुहुनेछ ।’

नेपाली चलचित्रमा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको र अव त्यो आरोपलाई ‘उपहार’ले गलत साबित गर्ने दाबी रेखाले गरिन् । रेखाले ‘उपहार’मा समाज रुपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताइन् ।

रेखाले नयाँ कलाकारसँगको सहकार्यले आफू खुशी भएको बताइन्। ‘चलचित्रको प्रमोसनमा नयाँदेखि पुराना कलाकारहरुले उत्तिकै साथ दिइरहनुभएको छ । मेला, महोत्सव होस् या मिडिया अन्तरवार्तामा उहाँहरु सक्रिय हुनुहुन्छ’, रेखा भन्छिन् ।

चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्